• अन्ततः ‘गलबन्दी’ विवादमा शम्भु राई र प्रकाश सपुतबीच सहमति : शम्भुले नाम पाउने, दाम नपाउने

    प्रकाशित मिती :June 26, 2019

    काठमाडाैं – पछिल्लो समय निकै लाेकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ ।

    सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।

    सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

    गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । 

    सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ । विवाद चुलिदै जादा यसले सामाजिक सञ्जालमा जातिय विद्भेष फैलाउने टिप्पणी भएकाे भन्दै याे विषय संसदसम्म पुगेकाे थियाे ।

    2 years ago

    Social Links

    हाम्रो टिम