भारतिय फिल्म अवार्ड ‘आइफा’ काठमाडौंमा आयोजना हुदैनः दीपकराज जोशी
प्रकाशित मिती :July 3, 2019

काठमाडाैं – नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमूख अर्थात सिइओ दीपकराज जोशीले भारतिय फिल्म अवार्ड ‘आइफा’ काठमाडौंमा आयोजना नहुने बताएका छन् ।
बुधबार कान्तिपुर एफएमसँग कुराकानी गर्दै उनले उक्त आयोजना नहुने बताएका हुन् । उनले भने, “ यो आयोजना हुदैन किनकी संसदीय समितिले सरकारलाई यसको असरबारे पहिले नै जानकारी गराईसकेको छ ।”
मंगलबार मानवअधिकार तथा अन्तराष्ट्रिय संम्बन्ध समितिले उक्त आइफा अवार्ड रद्ध गर्न सरकारलाई निर्देशन दिएको थियो । आईफा अवार्डमा करिब ४५ करोडसम्म खर्च हुने र सरकारले खर्च व्यहोर्ने भन्ने समाचार बाहिर आएपछि आम जनसमक्ष उक्त आयाेजना निकै विवादित बनेको थियो ।
2 years ago