• भारतिय दबाबपछी पछी हट्याे सरकारः विषादी परिक्षण राेकियाे

    प्रकाशित मिती :July 5, 2019

    काठमाडाैं – भारतबाट भित्रिने विषादीयुक्त तरकारीको परिक्षण शुरू भएकाे केहि दिन हुन नपाउदै सरकार उक्त निर्णयबाट पछि हटेको छ।

    भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने भएको हो । प्रधानमन्त्री केपी ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा सो सम्बन्धी ठाडो प्रस्ताव लगेका थिए। नेपालस्थित भारतीय दूतावासले बुधबार पत्राचारमार्फत सरकारलाई नाकामा तरकारी तथा फलफूलमा चेकिङ नगर्न दबाब दिएको थियो। स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले विषादी चेकजाँच नगर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषदको निर्णयसँग भारतीय तरकारी तथा फलफूलको विषादी चेक नगर्न भन्सार विभागले पत्राचार गरिसकेको छ। गत १० जेष्ठको मन्त्रिपरिषद् बैठकले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा २ असारदेखि भारतीय तरकारीमा जेकजाँच थालिएको थियो।

    2 years ago

    Social Links

    हाम्रो टिम