• सन्दीप सँगै दिपेन्द्र, सोमपाल र रोहित क्यारेबियन प्रिमिएर लिगको ड्राफ्टमा

    प्रकाशित मिती :May 16, 2019

    काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चारजना युवा खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी क्यारेबियन प्रिमिएर लिग (सिपिएल) को ड्राफ्टमा परेका छन् ।

    सिपिएलले आज सार्वजनिक गरेको २० देशका ५३६ खेलाडीको सुचीमा सन्दिपसँगै अलराउण्डर दिपेन्द्र, मध्यक्रमका ब्याट्म्यान रोहित र तिब्र गतिका बलर सोमपालको नाम आएको हो ।

    युवा लेग स्पिनर सन्दिपले गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गत वर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

    ६ टोली रहेको सिपिएल मे २२ मा लन्डनमा ड्राफ्ट सुरु हुने छ भने यस संस्करण आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ ।

    2 years ago

    Social Links

    हाम्रो टिम