• चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा

    प्रकाशित मिती :September 3, 2019

    काठमाडाैं – चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। लामिछाने उच्च अदालत, पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे ।

    फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको अदालतका रजिष्ट्रार केशर अर्यालले जानकारी दिए। अर्यालका अनुसार यो निवेदनमाथि बुधबार नै बहस हुनेछ।    

    चितवन  र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट रविसहित तीनजना पक्राउ गरेको थियो। रवि र युवराज ३० गते साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट  पक्राउ परेका थिए भने अस्मिता कार्की भने सोही दिन दिउँसो राजधानी
    काठमाडाैंकाे कलङ्कीबाट पक्राउ परेकी थिइन् ।

    उनीहरूविरूद्धपत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले गत भदौ ९ गते लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेको थियो। लामिछानेलाई ५ लाख र कडेँललाई तीन लाख  धराैटी मागेकाे थियो । अस्मिता भने साधारण तारेखमा  रिहा भएकी छन् ।

    1 year ago

    Social Links

    हाम्रो टिम