• भुम्लीचाेकमा ‘विजया दशमी बृहद सांस्कृतिक कार्यक्रम २०७६’ आयाेजना गरिने

    प्रकाशित मिती :September 17, 2019

    भुम्लीचाेक, गाेरखा – नेपालीहरूकाे महान चाड वडादशैं तथा विजयादशमीकाे अवसरमा न्यू स्टार अफ भुम्लीचाेक यूथ क्लवद्वारा यस वर्षपनि गण्डकी गाउँपालिका – ६, हटिया, भुम्लीचाेकमा ‘बिजया दशमी बृहद सांस्कृतिक कार्यक्रम २०७६’ आयाेजना गरिने भएकाे छ।

    चाडवाडलाई थप राैनक बनाउन र साथीभाई तथा इस्टमित्र जमघट हुने उपयुक्त समय यहि भएकाले विजयादशमी काे दिनकाे पूर्व सन्ध्यामा असाेज २० गते कार्यक्रम आयाेजना गर्न लागिएकाे क्लवका सचिव साजन श्रेष्ठले बताए ।

    गण्डकी गाउपालिकाका अध्यक्ष हाेम बहादुर राना मगरकाे प्रमूख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङ, वडाध्यक्ष जीवन गुरुङ, राम नारायण श्रेष्ठ लगायतकाे सहभागिता रहनेछ ।

    कार्यक्रममा लाेक तथा दाेहाेरी गायक शितल गुरुङ, बिस्नु खतिवडा ,कल्पना गुरुङ लगायत स्थानिय कलाकारकाे बेजाेड प्रस्तुति रहने क्लवका कार्यसमिति सदस्य रविन्द्र श्रेष्ठले जानकारी दिए।

    क्लवले हरेक वर्ष यस्ता किसिमका चाडवाडका अवसरमा विभिन्न किसिमका सांस्कृतिक तथा मनाेरञ्जनात्मक कार्यक्रम गर्दै आएकाे छ।

    1 year ago

    Social Links

    हाम्रो टिम