• ‘ज्यान मार्ने धम्की दिदै बयान फेर्न लगाए’

    प्रकाशित मिती :November 12, 2019

    रौतहट – रौतहट बम काण्डका प्रत्यक्षदर्शी (साक्षी) भारत सीतामढीका गौरीशंकर राम चमारले आफुलाई ज्यान मार्ने धम्की दिदै बयान फेर्न लगाएको बताएका छन् ।

    बम बिस्फोटका गम्भिर घाइते साक्षी गौरीशंकरले मङ्गलबार बिहान रौतहटमा संचारकर्मीसंग कुरा गर्दै आफूलाई आलमका ब्यक्तीेहरुले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् ।
    यसअघि गौरीशंकरले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिएका थिए ।

    आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेकै बेला सोमबार अपरान्ह उनि अदालत प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले नियन्त्रणमा लिएलगत्तै गौरीशंकरले प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै रोएका थिए । उनले आफुलाई घरबाटै अपरिचित ब्यक्तीहरुले काम छ भन्दै लगेको र चार दिनसम्म भारतमा आलमको सम्धीको घरमा बन्धक बनाएर राखेको समेत बताएका छन् ।

    आलमकै सम्धीको घरमा आफुलाई झुटा बयान दिन दवाब दिएको र कागजमा हस्ताक्षर गर्न समेत लगाएको गौरीशंकरको भनाई छ ।

    गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा उनले आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख गरेका थिए । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख गरेका थिए।

    आलमका ब्यक्तीहरुले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै जिउज्यानको सुरक्षा गरिदिन पनि आग्रह गरेका थिए ।गौरीशंकरले सुरक्षाको माग गरेलगत्तै रौतहट प्रहरीले उनलाई सुरक्षा दिएर राखेको छ ।

    २०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता मोहमद अफताव आलमलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

    1 year ago

    Social Links

    हाम्रो टिम