• २६ दिनमा प्रधानमन्त्रीको चाैथो डायलसिस

    प्रकाशित मिती :November 25, 2019

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलसिस गरिएको छ । ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलसिस गरिएको थियो ।नौ दिनअघि तेस्रोपटक डायलसिस गरिएको थियो । त्यतिखेर ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गौलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलसिस भएको हो । ‘उहाँ (ओली) ठीक हुनुहुन्छ,’ डा. शाहले कान्तिपुरसित भनिन् ।
    गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् । उनको रगतमा क्रिएटिनिनको स्तर वृद्घि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ ।
    सैनिक अस्पताल छाउनीमा गत साउनमै नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । त्यसपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि उनी सिंगापुर गएका थिए ।
    त्यसताका उनको शरीरमा केही बढी मात्रामा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा सातपटक गरिएको थियो । यसअघि साउन १८ देखि २७ गतेसम्म नेसनल युनिभर्सिटी अस्पतालमै विभिन्न परीक्षणसँगै औषधिसमेत चलाइएको थियो । ०७४ फागुनमा प्रधानमन्त्रीको शपथ लिनुभन्दा केही दिनअघि मात्र ओली बैंककस्थित ब्रुम्रुग्राड इन्टरनेसनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । उनको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ।

    1 year ago

    Social Links

    हाम्रो टिम