• सागमा निमा घर्तीमगरकाे दाेस्राे स्वर्ण, रचिन् इतिहास

    प्रकाशित मिती :December 5, 2019

    काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले अर्काे स्वर्ण पदक जितेकी छिन् ।

    उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमा सागमा उसुतर्फ लगातार दुई स्वर्ण जित्ने पहिलाे खेलाडी बन्दै हतिहास रचेकी छिन् ।

    पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्। 

    यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी  सन्जु कुमारी भइन्। 

    यसअघि १२ औं सागमा नीमाले उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् ।

    10 months ago

    Social Links

    हाम्रो टिम