• सीमामा सशस्त्रका १ सय १४ पोस्ट थप गर्ने मन्त्रिपरिषद्को निर्णय

    प्रकाशित मिती :December 20, 2019

    काठमाडाैं – सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको १ सय १४ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्ने भएको छ । बिओपी स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राष्ट्रिय मानव अधिकार आयोगको सिफारीस बमोजिम श्याम सुन्दर केसीलगायत १ सय २९ जनालाई व्यक्ति तथा परिवारलाई ५८ लाख ५ हजार ८ सय ९५ रुपैयाँ सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

    त्यसैगरी मन्त्रिपरिषद्ले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई बंगलादेशको औपचारिक भ्रमण गर्न स्वीकृति दिएको छ । नया पत्रिका दैनिकमा याे समाचार छ ।

    1 year ago

    Social Links

    हाम्रो टिम