• सम्बन्ध बिच्छेद भएपनि गायक रामकृष्ण ढकाल र निमल शाह एउटै घरमा

    प्रकाशित मिती :December 26, 2019

    काठमाडौं – गायक रामकृष्ण ढकाल र निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेकाे खुल्न अाएकाे छन । भैसेपाटीस्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै देखिएक हुन् ।

    बुधबार औपचारिक डिभोर्स भएपनि ढकाल र निलम सँगै बस्दै आएपछि धेरैजना अचम्मित भएका छन् । ढकाल केही समययता एक फाइनान्सकाे ऋणमा डुबेका थिए । ऋणबाट बच्न उनले डिभोर्स गरेर सम्पत्ति जोगाउन खोजेको हुनसक्ने कतिपयले अाशंका गरेका छन् ।

    घर पत्नी निलम शाहको नाममा छ । ऋण ढकालको नाममा छ । निलमले सम्पत्ति नलिई सम्बन्ध बिच्छेद गरेकी छिन् ।

    ढकालले आफू विदेश जान नचाहेको र पत्नीले जाने इच्छा गरेको विषय समेत सम्बन्ध बिच्छेदको कारण भनेका छन् । यसबाट उनले आफूलाई राष्ट्रवादी देखाएर लोकप्रीयता बटुल्न खोजेकाे समेत अड्कल काटिएकाे छ ।

    १७ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लगाउँदै गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध बिच्छेद गरेका हुन् ।

    मंगलबार काठमाडौं जिल्ला अदालतमा पारपाचुकेको मुद्दा दायर गरी बुधबार अदालतले सम्बन्ध बिच्छेदको फैसला गरेको थियो ।

    1 year ago

    Social Links

    हाम्रो टिम