• गोरखा भुम्लिचोक-चितवन सम्पर्क मन्चदारा आयोजित वनभोज कार्यक्रम सम्पन्न

    प्रकाशित मिती :February 2, 2020

    चितवन – भरतपुर, २ आपटारी, चितवनमा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार गोरखा भुम्लिचोक-चितवन सम्पर्क मन्चको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादर राना मगरले यस्ता किसिमका कार्यक्रमले अध्ययन तथा रोजगारीको शिलशिलामा गाँउबाट अन्यत्र गई स्थाई तथा अस्थाई रूपमा बसोबास गर्दै आएका दाजुभाई तथा दिदीबहिनीहरूको गाँउसँगको सम्वन्धलाई थप नयाँ ढंगबाट विकसित गर्न र गाउँलाई नजिकबाट नियाल्न टेवा पुग्ने बताएका थिए ।

    कार्यक्रममा अध्यक्ष राना मगरसहित सोही गाउँपालिकाका वडा न. ६ का अध्यक्ष जिबन गुरुङ, भैरवी सहकारी सस्थाका अध्यक्ष पुष्प कुमार गुरुङ लगाएत भुम्लिचोकबाट गई चितवनमा स्थाई तथा अस्थाई रूपमा बसोबास गर्दै आएका मानिसहरूको सहभागिता रहेको थियो ।

    वनभाेज कार्यक्रमका झलकहरू

    10 months ago

    Social Links

    हाम्रो टिम