• भेटिइन् हराइरहेकी कल्पना चौधरी

    प्रकाशित मिती :February 11, 2020

    काठमाडाैं – केहिदिनदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा एक युवतीलाई ५/६ जना मिलेर निर्घात कुटपिट गरिएको देख्न सकिन्थ्यो।

    उक्त भिडियो जताततै भाइरल भएपछि काठमाडौंबाट एक महिलाले कुटाई खाने मेरो छोरी हो भन्दै मिडियामा आएकी थिइन् । तर,भिडियोमा कुटाइ खाने युवती कल्पना चौधरी नभई मोरङकी रेविका बिसी भएको खुल्न आएपछि कल्पना कहाँ छिन् भन्ने जिज्ञासा सर्वत्र छाएकाे थियाे ।

    अन्ततः कल्पना चौधरी बिराटनगरको एक होटलमा काम गर्दै गरेको अवस्थामा फेला परेकी छिन् । होटलमा भेटिएकी कल्पनाले टेलिफोनमा आमासँग कुराकानी गरेर काठमाडौं आउँदै गरेको जानकारी गराएकी छिन् ।

    आमासँगको सामान्य झगडामा कल्पनाले माघ ४ मा घर छाडेर हिडेको खुल्न आएको छ । रिचार्ज कार्ड किन्न घरबाट निस्केकी कल्पनाले आमासँगकाे मनमुटावले भागेको हुन सक्ने आमाले बताएका छन् ।

    12 months ago

    Social Links

    हाम्रो टिम