बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनीकाे मृत्यु
प्रकाशित मिती :February 13, 2020

काठमाडाै – बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी सवार स्कुटर र बस
एकआपसमा ठोक्किदा उनको मृत्यु भएको हो ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।
२२ वर्षीया सिलवाल चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी हुन् । उनीसँगै स्कुटरमा सवार उनकी बहिनी भरतपुर महानगरपालिका १३ गीतानगरकी शर्मिला सिलवालकाे पनी उपचारकाे क्रममा ज्यान गएकाे छ । उनकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे ।
12 months ago