• काेराेनाबाट बचाउन भुम्लीचाेकमा मास्क तथा साबुन वितरण

    प्रकाशित मिती :March 27, 2020

    भुम्लीचाेक – विश्ववयापी महामारीकाे रूप लिएकाे काेराेना भाइरसका कारण अहिले सर्वत्र उच्च स्वाथ्य जाेखिमकाे खतरा उत्पन्न भएकाे छ ।

    यसविचमा काेराेना राेकथामका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लागु हुने गरी एक हप्ताका लागि देशभर ‘लक डाउन’ काे घाेषणा गरिसकेकाे छ ।

    काेराेना भाइरसकाे जाेखिम कम गर्नकाे लागि नागरिक स्तरबाट समेत एक अर्कामा सहयाेग गर्ने काम शुरू भएकाे छ ।

    यसैबिच गाेरखा जिल्लाकाे गण्डकी गाउँपालिका -६, भुम्लीचाेकमा पनी स्थानियहरूलाई मास्क तथा साबुन वितरणकाे कार्यक्रम सम्पन्न गरिएकाे छ ।

    साउदीमा रहेका हिलटप क्लवका सल्लाहकार रमेश थापा मगरकाे पहलमा संकलन गरिएकाे रकमबाट करिब १ हजार थान मास्क तथा हात धुने साबुन वितरण गरिएकाे हाे । हिलटप क्लवका स्थानिय यूवाहरूले उक्त मास्क तथा साबुन वितरण गरेका हुन् ।

    कामकाे व्यस्ततालाई मध्यनजर गर्दै आफुहरूले प्रत्येक घरमा पुगी वितरण गरेकाे कार्यक्रममा सहभागी एवं क्लवका सल्लाहकार इश्वर राना मगरले बताए ।

    मास्क तथा साबुन वितरण भन्दा पनि गाँउमा काेराेना भाइरससम्बन्धि जनचेतना फैलाउनु आफुहरूकाे मुख्य उदेश्य रहेकाे सल्लाहकार थापा मगरले बताए ।

    चीनबाट शुरू भएकाे काेराेना भाइरसका कारण विश्वभर हालसम्म करिब २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने करिब साढे ५ लाख मानिस संक्रमित भएका छन् ।

    कार्यक्रमका केहि झलकहरू

    10 months ago

    Social Links

    हाम्रो टिम