राजनीतिक दलसम्बन्धी विद्यमान कानूनमा परिमार्जन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
प्रकाशित मिती :April 20, 2020

काठमाडौं – सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानूनमा परिमार्जन गर्न अध्यादेश ल्याउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । हालको कानून अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय समिती दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ ।
अब त्यसमा के-के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले जानकारी दिए ।
9 months ago