• ‘अमेरिकन आइडल’ काे उत्कृष्ट १० मा पुगे दिवेश पोखरेल

    प्रकाशित मिती :May 4, 2020

    काठमाडाैं – अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्न सफल भएका छन्।

    उनले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन्।

    उनले यी माध्यमबाट आफूलाई भोट गर्ने सबैलाई साथ र समर्थनका लागि धन्यवाद दिएका छन्।

    ‘हामी शीर्ष १० मा पुग्यौ। सुरूदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद। म विश्वभरिबाट आएको यो विशाल समर्थनलाई कदर गर्दछु। यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्। धन्यवाद!!’, उनले आफ्नो ट्वीटमा भने।

    ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका २१ वर्षीय दिवेश शुरूवातदेखि नै आफ्नो प्रस्तुतिका कारण चर्चित छन् । जड्जहरूले उनकाे प्रस्तुति निकै रूचाउदै आएका छन् ।

    5 months ago

    Social Links

    हाम्रो टिम