• अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भए दिवेश

    प्रकाशित मिती :May 11, 2020

    काठमाडौं – नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् ।

    भोटिङका आधारमा भइरहेकाे प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् ।

    टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ ।

    आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत निकै समुधुर स्वरमा गाएका थिए ।

    निरन्तर निर्णायकहरूकाे प्रशंशा बटुलेका उनले आजको प्रस्तुति समेत त्याे कायम रह्याे । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।

    आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

    अमेरिकन आइडलमा भोट दिन तीन तरिका छन् । एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर । तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।

    काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसहित अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्छन् ।

    5 months ago

    Social Links

    हाम्रो टिम