• कोरोनाको लक्षण देखिएकी टिचिङमा सुत्केरी भएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, रिपोर्ट आउदै

    प्रकाशित मिती :May 16, 2020

    काठमाडाैं – धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।

    उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । परीक्षणको रिर्पोट आउन बाँकी छ । महिला ९ दिनअघि टिचिङ अस्पताल महाराजगंजमा सुत्केरी भएकी थिइन् ।

    सुत्केरीपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरीको मृत्युपछि धुलिखेल अस्पतालमा अहिले उच्च सतर्कता अपनाइएको छ ।

    स्मरण रहोस शुक्रबार मात्रै टिचिङ अस्पतालमा बिरामी भेट्न आएका दाङका एकजनालाई कोरोना लागेको पुष्टी भएको छ । यसअघि टिचिङ अस्पतालको न्युरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी एक ६ बर्षीय बालिकामा पनि कोरोना पुष्टी भएको थियो ।

    यो घटनापछि टिचिङका ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

    स्वास्थ्य मन्त्रालयको अहिलेसम्मको रिर्पोटअनुसार नेपालमा आज मात्रै ९ जना नयां संक्रमित भेटिएका छन् । यो संगै नेपालमा २७६ जना संक्रमित पुगेका छन् भने ३६ जना निको भएर घर फर्केका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

    9 months ago

    Social Links

    हाम्रो टिम