बाराका प्रहरी जवानमा पनि देखियाे कोरोना
प्रकाशित मिती :May 16, 2020

बारा – बारामा एकजना प्रहरी जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत नेपाल प्रहरीको जवानमा संक्रमण पुष्टि भएको हो ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल लाने तयारी भइरहेको प्रहरी कार्यालयले बताएको छ । उनको सम्पर्कमा आएका २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
9 months ago