• मनिषाविरूद्व खनिएकाे भारतीय टिभीकाे भिडियाे ट्रेण्डिङ १ मा तर डिस्लाइककाे वर्षा

    प्रकाशित मिती :May 22, 2020

    काठमाडाैं – मनिषाको ट्विटलाई भारतीय टेलिभिजन च्यानन एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै गरेकाे टिप्पणीकाे भिडियाे अहिले नेपालमा निकै चर्चामा छ। याे समाचार तयार पार्दासम्म यसले सबमा तीन लाख भन्दा बढी पटक हेरिएकाे छ । याे भिडियाे नेपालकाे यूटुब ट्रेण्डिङ १ मा छ ।

    तर याे भिडियाेलाई दर्शकले भने रूचाएका छैनन् । याे भिडियाेमा करिब ५१ सय लाइक आउदा डिस्लाइक गर्नेहरूकाे संख्या करिब १० ग्रणा बढी ५१ हजार पुयेकाे छ ।

    चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त भिडियाेमा दाबी गरिएको छ ।

    ‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ ।

    समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइएको छ ।

    सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नयाँ नक्सा जारी गरेपछी उनले गरेकाे प्रशसांलाई लिएर भारतीय मिडिया र त्यहाँका केही नागरिक उनीविरूद्व खनिएका हुन् ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

    मनिषाको यही ट्विटले भारतीय मिडियामा तरङ्ग पैदा भएकाे हाे ।

    4 months ago

    Social Links

    हाम्रो टिम