• कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने वीरगञ्जका चाैथाे व्यक्ति

    प्रकाशित मिती :May 25, 2020

    पर्सा – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट चाैथाे व्यक्तिकाे मृत्य भएकाे छ ।

    वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

    ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

    नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी दिए ।

    ती वृद्धमा मृगौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए।

    ‘उहाँ मृगौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आ पोजेटिभ आएको छ,’ उनले भने। 

    ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्। 

    यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।  उनीसँय नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ ।

    8 months ago

    Social Links

    हाम्रो टिम