• प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, त्यसअघि मन्त्रिपरिषद् बैठक बस्दै

    प्रकाशित मिती :May 25, 2020

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ ।

    यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने भएको हो ।

    पछिल्लो समय अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरेका थिए । नयाँ नक्साअनुसार देशको निशान छाप बनाउनका लागि सरकारले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

    8 months ago

    Social Links

    हाम्रो टिम