• पूर्वयुवराज्ञी हिमानी शाह छोरीहरुसँग टिकटकमा रमाउँदै

    प्रकाशित मिती :June 9, 2020

    काठमाडौं – कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै मानिसहरू निकै फुर्सदिला भएका छन् ।

    लकडाउनमा प्राय सबैकाे बन्द काेठाभित्र सिमित भएरहदा सर्वसाधारणदेखि कलाकारसम्म अधिकांश टिकटकमा व्यस्त छन् ।

    यही शिलशिलामा पूर्व युवराज्ञी हिमानी शाहको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी टिकटकमा आफ्नी छोरीहरुसँग तालमा ताल मिलाउदै नाचेकी छिन् ।

    छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् । दुई छोरीहरुसंगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा नाचेकी छन्।

    यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

    4 months ago

    Social Links

    हाम्रो टिम