• भारत–चीन सीमा विवाद: चिनियाँ कमान्डिङ अधिकारीसमेत ४० बढी मारिएको भारतीय दाबी

    प्रकाशित मिती :June 17, 2020

    काठमाडौं – सिमामा जारी तनावकाबीच दुईदेशबीचको सैन्य झडपमा आफ्ना एक कर्नेलसहित २० जबान मारिएको भारतीय सेनाले जनाइरहदा चीनीया सेनातर्फ पनि मानवीय क्षति भएकाे बताइएकाे छ ।

    भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । यद्यपि, चीनले यसबारे केही जानकारी दिएको छैन ।

    यता भारतमा भने २० जनाको मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती चिन्ताजनक भएको बताइएको छ ।

    तीन घण्टा चलेको यो झडप दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको हो । उक्त हमलामा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको थियो । त्यहि गालवन भ्यालीमा सन् १९६२ को युद्धमा ३३ भारतीयको ज्यान गएको थियो ।

    6 months ago

    Social Links

    हाम्रो टिम