• सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी (भिडियाेसहित)

    प्रकाशित मिती :June 20, 2020

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीविरूद्व महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी परेको छ ।

    शुक्रबार साँझ अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डेले जाहेरी दरखास्त दर्ता गरेको अभिवक्ता सन्तोष भण्डारीले सांसद गिरीविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

    सांसद गिरीले राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको र नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डताविरुद्ध अभिव्यक्ति दिएको भन्दै निजविरूद्व जाहेरी दिइएकाे बताइएको छ ।

    उजुरी परेसँगै अनुसन्धान सुरु भइसकेको परिसरले जानकारी गराएको छ ।

    सांसद गिरीले नेपाली भूभाग ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नभई भारतको हो’ भन्दै विवादास्पद अभिव्यक्ति दिदै आएकी थिइन्, भने पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन् ।

    पार्टीले उक्त प्रस्तावलाई फिर्ता लिन आग्रह गरेपनी त्यसलाई उनले अस्विकार गरेकी थिइन् । उक्त प्रस्तावमा सो क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने उनको दाबी थियो । संसदमा आफ्नाे संशाेधनबारे बाेल्न खाेज्दा उनको प्रस्ताव नै सभामुखले रूलिङ गर्दै अस्विकृत गरिदिएपछी उनी संसद बैठक नै छाडेर बाहिरीएकी थिइन् ।

    यदि उनीविरूद्व कसुर ठहरिए मुलुकी अपराध संहिता – २०७४ दफा ४९ काे उपदफा १ वा २ बमोजिम जन्मकैदको सजाय हुनेछ ।

    3 months ago

    Social Links

    हाम्रो टिम