• अङ्गीकृत नागरिकताबारे नेकपामा छलफल, सात वर्षे व्यवस्थाप्रति सकारात्मक

    प्रकाशित मिती :June 20, 2020

    काठमाडौं  – सत्तारुढ दल नेकपाका शीर्ष नेताहरूले नागरिकता विधेयकमा रहेको अङ्गीकृतबारे राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका आफ्ना सांसदहरुसँग छलफल गरेका छन् ।

    शुक्रबार बेलुका बालुवाटारमा भएको बैठकमा वैवाहिक अङ्गीकृत, अङ्गीकृत नागरिकता र थर परिर्वतनबारे छलफल भएको जनाइएको छ ।

    नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता भनि विधेयकमा उल्लेख कुरा ठीकै रहेको नेकपाका सांसद तथा शीर्ष नेताले बताएका छन् ।

    यसबारे थप छलफल पार्टीको सचिवालय बैठकमा गर्ने नेकपाले जनाएको छ । त्यसका लागि शनिबार नेकपा सचिवालय बैठक बस्ने जनाइएको छ । बैठक शनिबार बिहान ९ बजेपछि बस्ने भएको छ ।

    यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन पाँच दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए ।

    5 months ago

    Social Links

    हाम्रो टिम