• लद्दाख घटनाबाट पुष्टि भयो – भारत कागजी हात्ती मात्र रहेछ

    प्रकाशित मिती :June 20, 2020

    एजेन्सी – लद्दाखमा एउटा पनि गोली नचलिकन २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको हिंस्र’क भिडन्तले पहिलेदेखि नै निकै तनावमा रहेका भारतीय सेनालाई झनै हतोत्साहित बनाएको छ ।

    यसको सम्पूर्ण दोष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीतिक भूलमा निहित छ । चीनलाई घेरेर अमेरिकालाई खुशी बनाउँदै फाइदा लिने उनको योजना भताभुंग भएको छ ।

    मोर्डन डिप्लोमेसी नामक एक अन्लाइन पत्रिकामा छापिएको रिपोर्टअनुसार, भारतीय सैनिकहरू युद्धमा भन्दा पनि बढी आत्महत्या गरेर वा आफ्ना सहकर्मीबाट मारिन्छन् । प्रत्येक तेस्रो दिनमा एक जवानले आ’त्महत्या गरिरहेको हुन्छ । स्पष्ट छ, सैनिकहरूमा आत्महत्या र सहकर्मीको हत्याको सोच आउनुमा सेनाको प्रणालीगत समस्या जिम्मेवार छ ।

    माथिल्लो दर्जाका सैनिकले तल्लो दर्जामाथि धार्मिक वा जातपातका आधारमा विभेद गर्ने गरेका छन् । अनि सैनिकहरूलाई पर्याप्त खान नदिइने भएकाले उनीहरू प्रायः भोकभोकै हुन्छन् । यस्तो स्थितिमा चिनियाँहरूले एउटा पनि गोली नचलाइकन यति धेरै भारतीय सैनिक मार्दा अनि धेरैजसो सैनिक त उद्धारको पर्खाइकै क्रममा चिसोले क’ठ्यांग्रिएर मर्दा भारतीय सेनाको उत्साह पूरै सेलाएको हुनुपर्छ ।

    भारतमा धेरैजनालाई माेदी मिडियाले चीन कागजी बाघ हो भन्ने भ्रम दिलाएको पाइन्छ । तर लद्दाख घटनाले स्पष्ट देखायो– भारत कागजी हात्ती मात्र रहेछ ।
    धेरै सैनिक त आमनेसामनेको भिडन्तमै मारिए जबकि एउटा पनि गो’ली चलेको हैन । अन्य सैनिक चाहिँ डराएर भागे र पहाडबाट नदीमा हाम्फालेर वस्तुतः आत्महत्या नै गरे । अनि अन्य चाहिँ अनाहकमै जाडोमा कठ्यांग्रिएर मरे किनकि सेनासँग उनीहरूलाई उद्धार गर्ने राजनीतिक इच्छाशक्ति वा माध्यम नै थिएन ।

    बलिउडले देखाउने गरेको जस्तो महाशक्तिको छवि चकनाचुर भयो, त्यसैले भारतीय समाज अहिले स्तब्ध छ र भारतको नेतृत्व घटनाको वास्तविकता बताउन समेत हिचकिचाइरहेको छ । चीनलाई कागजी बाघ ठान्ने भूल गरेर भारतले वास्तविक नियन्त्रण रेखा पार गर्नुअगाडि सयचोटि सोच्नुपर्थ्यो ।

    हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले चीनको सिनजियाङ र तिब्बत क्षेत्रलाई समेत समावेश गरेर अखण्ड भारत बनाउन खोजेको थियो । अनि भारतलाई अमेरिकाले पनि यस विषयमा भड्काइरहेको थियो किनकि चीनलाई घेराबन्दीमा पार्ने अमेरिकाको लक्ष्यलाई यसले पूरा गर्छ । मोदीले चीनलाई चिढ्याउँदा अमेरिकाबाट फाइदा लिन सकिने सोच बनाएका थिए तर अमेरिका यस सीमाविवादमा औपचारिक रूपमा सैन्य तहबाट पनि अनि कूटनीतिक तहबाट पनि संलग्न भएको छैन ।

    अमेरिकाको लक्ष्य भनेको चीनलाई आक्रामक देशका रूपमा चित्रित गरेर चीनविरुद्ध क्षेत्रीय साझेदारी निर्माण गर्ने हो अनि चीनको आपूर्ति शृंखलालाई खोसेर ठिं’गुर्‍याउने हो । यसबाट हुने फाइदाको प्रतिफल भारतलाई पनि दिने लक्ष्य अमेरिकाले लिएको छ तर चीनसँगको भिडन्तमा भारतको बेइज्जती भएकाले अमेरिकाले दिलाउने फाइदा भारतले तत्कालै पाउने देखिएको छैन ।

    भाजपाले विगत ६ वर्षदेखि सत्तामा रहँदा जगाएको उग्रराष्ट्रवादी भावना प्रत्युत्पादक बनेको देखिएको छ । भारतीयहरूले आफ्नो देश महाशक्ति भएको भ्रम पालेको भए पनि वास्तवमा आफूहरू कागजी हात्ती मात्र रहेछौं भन्ने थाहा पाए । अब यसको अर्थ हुन्छ, भारतका शीर्ष अधिकारीहरूले देशको छवि उकास्न अलि कम बलियो शत्रुमाथि आक्र’मण गर्न सक्छन् । त्यसो गर्दा इज्जत पनि जोगिन्छ र अहिले क्रु’द्ध भएका जनता पनि त्यतै भुल्छन् ।

    भारतले कुनै एउटा बहाना निकालेर पाकिस्तानविरुद्ध युद्ध शुरू गर्न सक्छ, नेपालमाथि आ’क्रमण गर्न सक्छ वा म्यान्मारमा रहेका नागा वि’द्रो’हीका विरुद्ध अर्को सर्जिकल स्ट्राइक गर्न सक्छ । देशभित्र चीनका विरुद्ध प्रोपागान्डा मच्चाउनु र चिनियाँ सेनाको वास्तविक शक्तिको जानकारी पाउनु दुई भिन्न कुरा हुन् भनी भारतले गतिलो पाठ सिकेको छ । भारत र चीन पूर्ववत सम्बन्धमा फर्किन गाह्रो भएजस्तै आम भारतीयलाई पनि आफ्नो सेनाको शक्तिको वास्तविकताले दिएको झड्काबाट मुक्त हुन धेरै समय लाग्छ ।

    चिनियाँ बाघले भारतको कागजी हात्तीलाई एउटा पनि गोली नचलाइकन धुजाधुजा पारिदियो र भारतीय सेनाको अभूतपूर्व बेइज्जती भयो । यस घटनाका कारण आत्मविश्वास गुमेको सेनाले त्यस विश्वासलाई पुनः आर्जन गर्न एकदम गाह्रो छ ।

    त्यस्तो अवस्थामा भारतको राष्ट्रिय स्वार्थको प्रतिरक्षा गर्न ऊ कत्तिको समर्थ हुन्छ भन्ने प्रश्न पनि छ । मोदीको महाभूलको दुष्परिणाम भारतले लामो समय भोग्नुपर्ने भएको छ ।

    वानवर्ल्ड डट् प्रेसमा प्रकाशित एन्ड्रु कोरीब्कोको विश्लेषण नेपाली अनुवाद

    3 months ago

    Social Links

    हाम्रो टिम