• नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्यामा उल्लेख्य वृद्वि

    प्रकाशित मिती :July 15, 2020

    काठमाडौं – केहि दिनयता नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्यामा उल्लेख्य वृद्वि भएको छ ।

    पछिल्लो २४ घण्टामा ६९७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत थप ६९७ जना संक्रमित निको भएर घर फर्किएको जनाएको छ।

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार डिस्चार्ज भएकासहित कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार नाघेको जानकारी दिए।

    अहिलेसम्म ११ हजार २५ जनाले कोरोनालाई जितेर घर फर्किएको उनले बताए। यो संख्या कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो।

    यसैबीच गएको २४ घण्टामा थप ११६ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ। ६ हजार ११४ जना सक्रिय संक्रमित छन्।

    2 months ago

    Social Links

    हाम्रो टिम