• आज अहिलेसम्मकै सर्वाधिक १०१६ जनामा कोरोना संक्रमण पुष्टि

    प्रकाशित मिती :August 18, 2020

    काठमाडौं – मंगलबार नेपालमा अहिलेसम्मकै सर्वाधिक १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मुलुकका विभिन्न ठाँउमा गरी १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
    जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

    1 month ago

    Social Links

    हाम्रो टिम