अञ्जली अधिकारीद्वारा अभिनित ‘जादु रैछ मायाको बोलीमा’ काे म्युजिक भिडियो सार्वजनिक
प्रकाशित मिती :September 28, 2020

काठमाडाैं – अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकीको लोक दोहोरी गीत ‘जादु रैछ मायाको बोलीमा’ बाेलकाे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल अञ्जली अधिकारी र महेन्द्र गौतमकाे वेजाेड अभिनयले भरिपुर्ण भएकाे भिडियाे साेमबार राताे पर्दा युटुब च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।
‘गलबन्दी’ गीतकाे अभिनयबाट निकै चर्चित बन्न पुगेकी अञ्जलीको धेरैपछि गलबन्दी गीतलाई नै बिर्साउने जादु रैछ मायाको बोलीमा गीत रिलिज भएको छ । म्युजिक भिडियोमा माेडल अञ्जली र महेन्द्रकाे जाेडी निकै जमेकाे देखिन्छ ।
भिडियोमा परम्परागत गाउँले भाषा बोलेर चर्चामा आएका कुल बहादुर ओलीले पनि अभिनय गरेका छन् ।
म्युजिक भिडियोले खास गरि गाउँघरमा हुने नाँचगान, रातभर गाउँघरमा हुने दोहोरी र दोहोरीमै बस्ने माया प्रेमलाई प्रस्तुत गरेको छ ।
गाउँघरमा युवायुवती रातभरि दोहोरी गाउने र दोहोरीमा हारजित भएर विहे गर्ने परिपाटीलाई पनि निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
कृष्ण बुढाथोकीकै लय तथा शब्द रहेको गीतमा कमला पोख्रेलले आवाजमा साथ दिएकी छन् ।
विरेन्द्र भाटले छायांकन गरेकाे १५ मिनेट लामो उक्त म्युजिक भिडियोकाे निर्देशन भने ललित केसीले गरेका हुन् ।
कुनै समय नेपालमै रहेर थुप्रै लोकदोहोरी गीतमा आवाज दिएका कृष्ण बुढाथोकी बिगत ५ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।।
4 months ago