• बहुमतको निर्णयपछि गण्डकी गाउँपालिकाको केन्द्र साविककै ठाउँ ओखलडाँडा नै रहने

    प्रकाशित मिती :September 29, 2020

    काठमाडौं – केन्द्र बिवादले तीन महिना यता रोकिएको गण्डकी गाउँपालिकाको गाउँसभा सुचारु भएको छ। मंगलबार गाउँ सभाका बहुमत सदस्यले गाउँपालिकाको केन्द्र साविककै ठाउँमा रहनुपर्ने निर्णय गरेसँगै केन्द्र वडा नम्बर ६ को ओखलडाँडामा नै रहने भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले बताए।  

    गाउँ सभा सदस्यहरु मध्ये २२ जनाले अहिले रहेको ठाउँ वडा नम्बर ६ को ओखलडाँडामै राख्नुपर्ने पक्षमा मतदान गरे भने २१ जनाले बन्टार सानुपर्ने पक्षमा मतदान गरे। अध्यक्षको मत सहितले साविकको ठाउँमा राख्नुपर्ने पक्षमा बहुमत देखिएपछि सोही आधारमा केन्द्र निर्धारण प्रक्रिया टुङ्गिएको प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताए। गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेपछि अब केन्द्र भने अहिले भएकै ठाउँमा रहनेछ।  

    गाउँ सभा भने बुधबार पुनः बस्ने भएको छ। मंगलबारका लागि डाकिएको गाउँ सभा बुधबारसम्म लम्बिएको हो। ‘मंगलबार केन्द्रको विषय, बिभिन्न ९ वटा विधेयक पास र अन्य विषयमा छलफल भयो’ वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मीले भने ‘बुधबार १ बजे पुनः बैठक बस्ने गरी मंगलबार ५ बजे स्थगित भएको हो।’ गाउँपालिका अध्यक्षले चालु वर्षको नीति कार्यक्रम र उपाध्यक्षले बजेट प्रस्तुत गर्न बाँकी छ।  

    गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा नेपाली कांग्रेस निकट जनप्रतिनिधि र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट जनप्रतिनिधि बीच सहमति नहुँदा असार १० गते भित्र सक्नुपर्ने गाउँ सभा तीन महिनापछि भएको हो। नागरिक दैनिक

    4 weeks ago

    Social Links

    हाम्रो टिम