• ‘बालबालिकाहरुको एकल मौलिक लोक नृत्य प्रतियोगिता २०७७’ मा गोरखाकी स्टेसी आले मगर विजयी

    प्रकाशित मिती :October 4, 2020

    काठमाडौं – १२ वर्ष मुनिका बालबालिकाहरुको एकल मौलिक लोक नृत्य प्रतियोगिता २०७७ मा गोरखाकी स्टेसी आले मगर विजयी भएकी छन् ।

    मगर संसार फोटो ग्यालरी ग्रुपले आयोजना गरेको प्रतियोगितामा गोरखा घर भई हाल भरतपुर चितवन बस्ने ६ वर्षीया बालिका स्टेसी आले मगर प्रथम भएकी हुन् ।

    विजयी भएसँगै उनले २० हजार नगद हात पारेकी छन् । त्यस्तै प्राथना राना मगरले दोस्रो स्थान हासिल गरिन् । तेस्रो स्थान भने जेनिशा रजाली मगरले जितेकी छन् । उनीहरूले क्रमश १५ हजार र १० हजार नगद जितेका छन् ।

    निर्णायक मण्डलमा ग्रुप एडमिनकी सदस्य शान्ति राना मगर, चर्चित कलाकार आरूषी मगर, नृत्य निर्देशक तथा कलाकार सुमन थापा मगर रहेका थिए ।

    करिब दुई हप्तासम्म चलेको प्रतियोगितामा ७७ जना बालबालिकाको सहभागिता रहेको थियो । मगर भाषा, भेषभुषा तथा संस्कृतिको संरक्षण गर्नको लागि विभिन्न कार्यक्रम गर्दै आएको ग्रुपले पछिल्लो समय मगरहरूको व्यक्तित्व विकास गर्न सहयोग पुग्ने कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

    3 weeks ago

    Social Links

    हाम्रो टिम