• कुल बहादुरले ल्याए नेपालकै पहिलो खस भाषामा देउसी भैलो गीत

    प्रकाशित मिती :November 8, 2020

    काठमाडौं – सल्यानका कुल बहादुर ओलीले नेपालमै पहिलोपल्ट पुरानो खस भाषामा देउसी भैलो गीत सार्वजनिक गरेका छन् ।

    हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिदै गर्दा लोक दोहोरी गायक ओलीले लाेप हुन लागेको खस भाषामा सांगितिक कोशेली “खस देउसी भैलो” बोलको गीत सार्वजनिक गरेका हुन् । म्युजिक मस्ति नेपालको अफिसियल युटुब् च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

    गीतमा गायकतर्फ कुल बहादुर ओली र केबी भण्डारीले स्वर दिएका छन् भने गायिकामा दिल माया सुनारको आवाज रहेको छ।

    गायक ओली र जयराम खत्रीको शब्द रहेको गीतको एरेन्ज भने केबी भण्डारीले गरेका छन ।

    गायक ओलीले उक्त गीतको शब्दलाई मिठो संगीत भरेका छन् । आफ्ना बाबु बाजेले बोल्दै आएको पुराना खस भाषा पछिल्लो समय युवा पुस्ताले बिर्सदै गएकाले त्यसको संरक्षण गर्ने हेतुले आफुले उक्त गीत ल्याएको गायक ओलीको भनाई छ ।

    यस्तो छ गीत

    3 weeks ago

    Social Links

    हाम्रो टिम