• ‘अनलाईन देउसी/भैलो’ प्रतियोगिताको उपाधि सयपत्री समुहलाई, उत्कृष्टतर्फ भने सितलनगर मगर समाज

    प्रकाशित मिती :November 24, 2020

    काठमाडौं – मगर संसार फोटो ग्यालरी ग्रुपले आयोजना गरेको बलिहाङ पर्व तिहार विशेष अनलाईन देउसी भैलो प्रतियोगितामा सयपत्री समुह, काठमाडौं विजयी भएको छ ।

    सयमत्री समुहले सर्वाधिक करिब ५१ सय भन्दा बढी लाईक बटुल्दै विजय भएको हो । जितसँगै सो समुहले रु.२५,०००।- नगद, सम्मानपत्र र दानस्वरुप रु. २,०००।- हात पारेको छ ।

    त्यसैगरी करिब चार हजार भन्दा बढी मत प्राप्त गर्दै उपविजेता बनेको चितवन मगर समुदायले भने रु. १५,०००।- नगद, सम्मानपत्र र दानस्वरुप रु. २,०००।- प्राप्त गरेको छ ।

    प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको एनटिएम समुह (नवलपरासी/तनहुँ मगर समुहले) ले रु. ७,०००।- नगद, सम्मानपत्र र दानस्वरुप रु. २,०००।- जितेका छन् ।

    प्रतियोगितामा सान्त्वना भएको सफल बुटवल रामनगर – १० सन्ध्याको रामजाली मगरको समुहले रु. ५,०००।- नगद, सम्मानपत्र र दानस्वरुप रु. २,००० ।- जितेको छ।

    प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कारहरूको सौजन्य क्रमशः बाग्लुङ घर भई हाल जापान बस्दै आउनुभएकी ११ वर्षिया येन्जिङ नाउसा मगर, बाग्लुङ – १० गलकोट घर भई हाल राजधानी काठमाडौंको नयाँ बानेश्वर बस्ने चर्चित कलाकार, मोडल तथा डान्सर रिमा काउँछा मगर, भिमाद नगरपालिका – १, तनहुँ घर भई हाल यूएई बस्ने शुभास थापा मगर र कमलामाई नगरपालिका – १ , सिन्धुली घर भई हाल राजधानी काठमाडौंको लैनचौर बस्ने कमल पुलामी मगरले गरेका छन् ।

    यसका साथै प्रतियोगिताको उत्कृष्ट भिडियोतर्फ भने सितलनगर मगर समाज देवदह विजयी भएको छ । जितसँगै सो समुहले रु. ५,०००।- नगद, सम्मानपत्र र दानस्वरुप रु. २,०००।- हात पारेको छ ।

    ‘मौलिक कला संस्कृतिलाई संरक्षण गरौं, भावी पुस्तालाई हस्तान्तरण गरौ’ भन्ने मुल मन्त्र रहेको ग्रुपले मंसिर २ गतेदेखि ७ गतेसम्म प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा १७ समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको नतिजा भने ५ दिनको लाईक भोटिङको आधारमा छनौट गरिएको थियो ।

    2 months ago

    Social Links

    हाम्रो टिम