• सन् २०२० को बिबिसीको टप १ सय महिलाको सूचीमा परिन् नेपालकी सपना रोका मगर

    प्रकाशित मिती :November 24, 2020

    काठमाडौं – बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ कर्पाेरेशन(बीबीसी) को टप १ सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन् । उनले पशुपति आर्यघाटमा बेवारिसे शवलाई जलाउने काम गर्दै आएकी छन् ।

    म्याग्दीको मंगला गाउँमा जन्मिएकी १८ वर्षीया सपना घर छाडेको ३ महिनापछी वेवारिसे लाश जलाउने संस्थामा आवद्व भईन् । र हालसम्म उनको संस्थाले थुप्रै वेवारिसे लासको व्यवस्थापन गरिसकेको छ ।

    यतिखेर कोरोना संकटका बेला कोरोना संक्रमितहरुको लासलाई नेपाली सेनाले निकै सावधानीका साथ त्यसको व्यवस्थापन गर्दै आएको छ ।

    यता सपनाको संस्थाले भने सडकमा वेवारिसे भएका लासहरुको संकलन गरी अस्पतालमा पोस्टमार्टम गर्न पुर्याउछ । त्यसपछी ३५ दिनसम्म पनी उक्त लाशको पहिचान नखुलेमा उनको संस्थाले पशुपतिमा ल्याएर दागबत्ती दिने गर्छ जुन हिन्दु परम्पराअनुसार मृतकका छोराले गर्ने गर्छ ।

    बिबिसीको कुराकानीमा सपनाले यसलाई समाजसेवा भन्दा पनी आफुले आफ्नो मनको शान्तिको लागि गरेको बताएकी छन् ।

    बिबिसीले हरेक वर्ष राजनीति, उद्यम, कला, साहित्य, राजनीतिजस्ता पेसा वा सेवामार्फत महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पारी प्रेरणाको स्रोतको रुपमा उदाहरणीय बनेका विश्वभरका १ सय महिला छनौट गरी सार्वजनिक गर्दै आएको छ । बिबिसीले सन् २०१३ बाट यसको शुरूवात गरेको हो ।

    यस्तो छ सूची

    2 months ago

    Social Links

    हाम्रो टिम