• राजावादी समुह वीर गोर्खालीद्वारा मङ्सिर २० गते चितवनमा बृहत मोटरसाइकल र्याली निकालिने

    प्रकाशित मिती :December 3, 2020

     काठमाडौं – राजावादी समुह वीर गोर्खालीको आयोजनामा मङ्सिर २० गते चितवनमा बृहत मोटरसाइकल र्याली निकालिने भएको छ । पछिल्ला केहि दिन यता देशभर चरणबद्द संघर्षका कार्यक्रम गर्दै आएको उक्त समुहले वर्तमान व्यवस्थाबाट जनता आजित बनेकाले यसलाई खारेज गरी राजसंस्था पुनःस्थापनासहित हिन्दुराष्ट्रको माग गर्दै मोटरसाइकल र्याली निकालिने भएको हो ।

    राजावादी समुह वीर गोर्खालीको आयोजनामा पारस बसपार्क भरतपुर, चितवनमा बिहान ११ बजेदेखि बृहत मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरिने वीर गोर्खालीका अभियान्ता सौरभ भण्डारीले जानकारी दिए । उनले उक्त कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण देशभक्त नागरिकलाई आग्रह गरेका छन् ।

    देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा उक्त समुह लगाएतले प्रदर्शन गर्दै आएको छ ।

    पछिल्लो केहीदिन यता कोरोना महामारीलाई व्यवास्था गर्दै सडकमा राष्ट्रिय झण्डासहित प्रदर्शन गर्ने नागरिकहरुको संख्यामा पनि वृद्वि भइरहेको छ ।

    देश र श्रीपेच बचाउने उदेश्यका साथ अघि बढेको वीर गोर्खाली समूहले यसअघि राजधानी काठमाडौं, बुटवल, बिराटनगर, विरगंज र हेटौंडा लगाएतका स्थानमा जनआन्दोलनको झझल्को दिनेगरी सडकमा ठूलो शक्ति प्रदर्शन गरेको थियो ।

    2 months ago

    Social Links

    हाम्रो टिम