• कोभिडले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रदै, पर्वतारोहण सुचारू हुदै

    प्रकाशित मिती :December 13, 2020

    काठमाडौं – कोभिड १९ ले थिलोथिलो भएको पर्यटन क्षेत्रका गतिविधीमा पछिल्ला केहि दिनयता आशाको संचार भएको छ । शनिबार डिसेम्बर १२ अर्थात १७ औं पर्वतिय दिवसका अवसरमा ट्रेकिङ क्षेत्रमा आवद्द व्यक्तिहरुले सफल पर्वतारोहण गरेको जानकारी दिइएको छ । ‘आइ एम ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालि’ मार्फत माउन्टेन गाइड गोरखानी -२, सोलुखुम्बुका दावा शेर्पाको नेतृत्वको टोलीले सफल पर्वतारोहण गरेका हुन् ।

    पर्वतारोहण गर्नेहरूमा लखोप -८, दुधकण्ड नगरपालिका सोलुखुम्बुका पासाङ शेर्पा, समरे खुम्बु पासाङ ल्हामु गाँउपालिकाका सन्दुक दिर्जे तामाङ लगाएत अन्य ३ जनाले डिसेम्बर ५ मा विन्टर एक्सपिडिसनमा ६१६५ मिटर उचाइको ‘इम्जा से आइल्याण्ड पिक’ आरोहण गरेका थिए ।

    लगत्तै त्यसको ३ दिनपछी डिसेम्बर ८ मा उनीहरुले बिहान ६ः५० बजे लोबुजे पुर्व ६११९ मि. र बिहान ८ः२० मा लोबुजे पश्चिम ६१३५ मिटरको पर्वत सफल आरोहण गरेका थिए ।

    पर्यटन क्षेत्रमा आवद्ध दावा शेर्पा एक माउण्टेन गाइड हुन् र उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

    यस्ता गतिविधि हुनुलाई पर्यटन सम्बद्व धेरैले सकरात्मक रुपमा हेरेका छन् जसले गर्दा कोभिड १९ पछि धरासायी बनेको पर्यटन व्यवसाय विस्तारै तंग्रन थालेको अनुभुत गर्न सकिन्छ ।

    2 months ago

    Social Links

    हाम्रो टिम